Logo

जेनिथको ‘नशा’ सार्वजनिक (भिडियो सहित)



Spread the love

११ मंसिर, काठमाडाैँ । हिपहप गायक जेनिथ आचार्यको ‘नशा’ गीत सार्वजनिक भएको छ । बुधबार जेनिथकै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

जेनिथ आचार्य र जेन्टल सबिनको र्याप समावेश गरिएको उक्त गीतमा मनिष शाहीले कोरस भोकल दिएका छन् । डिजे एएनको म्युजिक एरेन्ज रहेको उक्त गीतको भिडियोलाई अनिल कटुवालले खिचेका हुन् । भोला तिमल्सिनाको निर्देशनमा बनेको उक्त भिडियोमा अरुण कटुवालको सम्पादन रहेको छ ।

गीतको भिडियोमा जेन्टल सबिन, लक्ष्मी राना, पैसा घिमिरे, मैथली नायक भारत शाह र जेनिथ आचार्य देखिएका छन् ।

गीत तथा भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्