Logo

‘बलात्कारी हामीबीच नै छ’ भन्दै स्यान्टियागोमा महिलावादी प्रदर्शन



Spread the love

स्यान्टियागो। चिलीको राजधानी शहर स्यान्टियागोमा महिलावादीहरूले महिला अधिकारको माग गरेर प्रदर्शन गरेका छन्। स्यान्टियागोको एक प्लाजामा बुधबार ठूलो संख्याका महिलाहरू जम्मा भएर महिला हिंसाविरुद्धमा नारा लगाएका हुन्।

उनीहरूले “बलात्कारी हामीबीच नै छ” भन्ने नारा दिएर सबैतिर महिलाहरू असुरक्षित रहेकोले उनीहरूको सुरक्षा दिनुपर्ने बताएका हुन्। महिला हिंसाविरुद्धको राष्ट्रसंघीय दिवसका अवसरमा महिला अधिकारवादीहरूले यस विरोध प्रदर्शन गरेका हुन्।

चिलीको प्रहरीले उनीहरूलाई त्यहाँबाट बल प्रयोग गरेर धपाएको थियो। तर पनि पछि उनीहरू जम्मा भएर सो प्रदर्शन गरेका बताइएको छ। चिलीका महिला अधिकारवादीहरूले लास तेसिस नाम दिएर यो महिला हिंसाको विरुद्धमा आन्दोलन शुरु गरेका हुन्।

उनीहरूले सन् २०१९ मा यो नारा दिएर आन्दोलन थालेका हुन्। उनीहरूले शुरु गरेको आन्दोलनमा खासमा महिला हिंसाको कारण पुरुष हो भन्दै पुरुषलाई निन्दा गरेको गीत गाउने गर्दछन्। उनीहरूले शुरु गरेको महिला अधिकारका पक्षको र त्यसका लागि पुरुषलाई निन्दा गरिएको सो गीत विश्वका अरू देशले पनि आफ्ना भाषामा अनुवाद गरेर आफ्नो देशमा पनि गर्ने गरेका छन्।

त्यस अभियान अहिले विश्वका कैयौँ देशमा सञ्चालनमा ल्याइएको छ। विभिन्न स्थानमा यो आन्दोलन पुरुषका विरुद्धमा उग्र रूपमा पनि गर्ने गरिएको छ। बुधबार पनि चिलीको उक्त स्यान्टियागो शहरमा महिलाहरूले पुरुषका विरुद्धमा नाराबाजी गरेर ठूलो संख्यामा उपस्थित भएर सडक पनि अवरुद्ध पारेका थिए।

उनीहरूले यस क्रममा सडकमा अवरोध पुर्‍याउनका लागि काठमा मुढा राख्ने, आगो बाल्ने मात्र नभएर यहाँका सटर पसलहरूबाट सामान लुट्नेसम्मको काम गरेका थिए। त्यसैले ठूलो बल प्रयोग गरेर प्रहरीले उनीहरूलाई हटाएको थियो। यस आन्दोलनले ठूलो हिंसा निम्त्याएको भनेर प्रहरीले आन्दोलनकारी महिलालाई पक्राउ गर्ने र त्यहाँबाट धपाउने काम गरेको हो।

प्रतिक्रिया दिनुहोस्