Logo

गुल्मीमा जीप दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु



Spread the love

१२ मंसिर, गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार बिहान गुल्मीको हुलाबाट तम्घासतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार लु १ ज ११६६ जिप हुलामै दुर्घटना भएको हो । दुर्घटनामा परी २ जना घाइते भएको प्रहरीले उल्लेख गरेको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्