Logo

आर्सनल नकआउट चरणमा, कार्लोस चम्कँदा टोटेनहमको सानदार जित



Spread the love

एजेन्सी। यूईएफए युरोपा लिगमा टोटेनहम हट्सपरले लुडोगोरेट्सलाई पराजित गरेको छ । टोटेनहम ४-० को जित दर्ता गर्न सफल रह्यो ।

खेलको १६ औं मिनेटमा टोटेनहमले भिनिसियसको गोलमा अग्रता बनायो । ३४ औं मिनेटमा भिनिसियसले अलीकै पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।

६३ औं मिनेटमा ह्यारी विङ्क्सले गोल गर्द अग्रता फराकिलो पारे । ७३ औं मिनेटमा भिनिसियसको पासमा गोल गर्दै लुकास मौराले फराकिलो जित पक्का गरे ।

अंक तालिकामा टोटेनहम र रोयल आन्टवेर्पको ९-९ अंक छ । लास्कले दुई खेल जित्दै ६ अंक जोड्दा लुडोगोरेट्स अंविहिन छ ।

इंग्लिस क्लब आर्सनल समूह चरणमा लगातार चौथो निकाल्दै युइएफए युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणको चौथो खेलमा नर्वेजियन क्लब मोल्देमाथि उसकै मैदानमा ३–० को सहज जित निकाल्दै आर्सनलले दुई खेल बाँकी छदै नकआउट चरणका स्थान पक्का गरेको हो ।

यो जितसँगै समूह ‘बी’ मा अपराजित रहेको आर्सनल ४ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्