Logo

इन्ज्युरी समयमा भार्डीले लेस्टरलाई हारबाट जोगाए



Spread the love

एजेन्सी। इंग्लिस क्लब लेस्टर सिटी युरोपा लिगको समूह चरणको चौथो खेलमा ब्रागासँगको हारबाट जोगिएको छ । ब्रागामा बिहीबार राति भएको खेल ३–३ गोलको बराबरी सकिएको हो ।

घरेलु टोलीले खेलको चौथो मिनेटमा नै अल मुसरातीको गोलबाट अग्रता बनायो। नवौं मिनेटमा लेस्टरका हार्वे बार्नेसले बराबरी गोल फर्काए ।

२४औं मिनेटमा पाउलिन्होले रिकार्डाे होर्टाको पासमा गोल गर्दै ब्रागालाई पुनः २–१ को अग्रता दिलाए । २६औं मिनेटमा ब्रागाका गोलरक्षक म्याथुयसले सेङ्गिज अन्डरको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै लेस्टरको बराबरी टारे । ७८औं मिनेटमा लुकी थोमसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

९०औं मिनेटमा फ्रानसर्जियोले गोल गर्दै ब्रागालाई पुनः ३–२ को अग्रता दिलाए । तर, इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जेमी भार्डीले मार्क अलब्राइटनको पासमा गोल गर्दै लेस्टरलाई हारबाट जोगाए ।

यो बराबरीले समूह ‘जी’ मा लेस्टर ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहँदा ब्रागा ७ अंकसहति दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्