Logo

आज १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

१२ मंसिर, काठमाडौं । देशभरका प्रयोगशालामा १० हजार ४६०  जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार ७ सय ३ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ९६, ताप्लेजुङमा २, धनकुटामा १, पाँचथरमा २, भोजपुरमा २, मोरङमा १०९, संखुवासभामा १, सुनसरीमा ३९, धनुषामा ११, पर्सामा ९, बारामा ६, महोत्तरीमा ४, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा ६, सिरहामा ९, काठमाडौँमा ५९९, काभ्रेमा २८, चितवनमा २५, दोलखामा १० र धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा ६३, मकवानपुरमा २१, रसुवामा १, ललितपुरमा १६०, सिन्धुपाल्चोकमा ६, सिन्धुलीमा ४, कास्कीमा ५४, गोरखामा ८, तनहुँमा १५, नवलपरासीपूर्वमा ४, पर्वतमा १०, लमजुङमा ५, स्याङ्जामा १०, अर्घाखाँचीमा १, कपिलवस्तुमा ११, गुल्मीमा ११, दाङमा ४५, नवलपरासीमा १५, पाल्पामा १७, प्यूठानमा ३, बर्दियामा २३, बाँकेमा २६, रुपन्देहीमा ७०, रोल्पामा २, जाजरकोटमा ४, जुम्लामा ९, दैलेखमा ८, मुगुमा २, रुकुमपश्चिममा १, सल्यानमा ६, सुर्खेतमा ४, अछाममा ८, कञ्चनपुरमा १२, कैलालीमा ३७, डडेल्धुरामा ६, डोटीमा १, दार्चुलामा १, बझाङमा ८ र बैतडीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२३६ रहेको छ । हालसम्म २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्