Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या घट्यो



Spread the love

१२ मङ्सिर, काठमाडौं । नेपालमा बिहिबार थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १ हजार २ सय ३६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या ४ सय ६७ ले घटेको छ । एक हप्ता यता कोरोना संक्रमणभन्दा कोरोनामुक्त हुनेको संख्या बढेको थियो भने आज ह्यातै बढेको छ 

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। आज देशभर १ हजार २ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ। हाल सम्म देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्