Logo

नियम उल्लंघन गरे पुनः लकडाउन गर्ने प्रधानमन्त्रीको चेतावनी



Spread the love

१२ मंसिर, लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोना भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन् ।

उनले बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बच्नका लागि विभिन्न नियमहरु बनाएको स्मरण गराएका छन् । “ती नियमहरुलाई हामीले राम्रोसँग पालना गरौँ र यदि सरकारले बनाएका ती नियम र विधिहरुलाई नमान्ने अवस्था आयो भने त्यसबाट हामी आगामी नयाँ वर्षको समयमा पुनः अर्को लकडाउन गर्न बाध्य हुने छौँ” भनेका छन् ।

नयाँ वर्षको अवसरमा बेलायतका नागरिकले हाल सरकारले बनाएका नियमहरुको उल्लंघन गर्ने काम भयो भने सरकारले फेरि अर्को प्रकारको लकडाउन पनि गर्नसक्ने उनले बताएका हुन् ।
पत्रकार सम्मेलनका क्रममा उनले बिहीवार सो कुरा बताएका हुन् । उनले महामारी बढिरहेका बेला हाल नयाँ हिसाबले बेलायतको सरकारले नियमहरु बनाएकोले त्यसलाई पालना हुन नसकेको पनि सो अवसरमा बताए ।

उनका अनुसार अहिलेको अवस्थामा नागरिकले नियमको पालना गरेनन् भने त्यसले आगामी दिनमा थप समस्या ल्याउने र यदि त्यस्तो अवस्था आउने देखियो भने नयाँ वर्षको अवसरमा देशव्यापी रुपमा लकडाउन गर्नुपर्ने पनि हुन सक्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्