Logo

पहिलो ओडिआईमा भारतमाथि अष्ट्रेलियाको सानदार जित



Spread the love

एजेन्सी। तीन खेलको ओडिआई अन्तर्गत पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले हराउँदै सिरिजमा १–० को अग्रता कायम गरेको छ ।

शुक्रबार साँझ भएको खेलमा जितको लागि ३ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेटको नोक्सानीमा ३ सय ८ रन बनायो ।

भारतका ओपनर शिखर धवन र अलराउन्डर हार्दिक पान्ड्या बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । पान्ड्याले ७६ बलको सामना गर्दै ९० रनको योगदान दिदा धवनले ८६ बलमा ७४ रन जोडे ।

स्पिनर एडम जाम्पाले १० ओभरमा ५४ रन खर्चेर ४ विकेट लिदा जोश हेजलवुडले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्कको नाममा एक विकेट रह्यो ।

त्यसअघि सिड्नीमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ७४ रन बनाएको थियो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन स्मिथले आक्रामक ब्याटिङ गर्दै ६६ बलको सामना गर्दै १ सय ५ रनको शतकीय पारी खेले । स्मिथ अष्ट्रेलियाबाट ओडिआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने तेस्रो खेलाडी बन्न पुगे । स्मिथको ओडिआई करिअरको १० औं शतक पर्दछ ।

ओपनर तथा कप्तान आरोन फिन्चले १ सय २४ बलमा सर्वाधिक १ सय १४ रनको शतकीय योगदान दिए । फिन्चको ओडिआई करिअरको यो १७ औं शतक हो ।

प्रतिक्रिया दिनुहोस्