Logo

काश्मिरको हमलामा परी भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु



Spread the love

१२ मंसिर, काठमाडाैँ । जम्मु काश्मिरको आतंककारी हमलामा परी एक जना नेपालीको मृत्यु भएको छ । शुक्रबार बिहान भएको उक्त घटनामा परी दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसी रहेका छन् । हमलामा परी घाइते भएका कसीलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिइएको छ ।

उनको शव लिन परिवारका सदस्य भारततर्फ गइसकेको बताइएको छ । उनले १४ वर्षदेखि भारतीय सेनामा काम गरिरहेका थिए । उनका बाबु पनि पूर्व भारतीय सैनिक नै हुन् ।

प्रतिक्रिया दिनुहोस्