Logo

धन किरण गुरूङको ‘तिमी र म’मा रिया लिम्बु र ध्रुब दत्त (भिडियो)



Spread the love

१३ मंसिर, काठमाडाैँ । धन किरण गुरूङको ‘तिमी र म’ गीत सार्वजनिक भएको छ । शुक्रबार जिडी प्रोडक्सन युके नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।

गीतमा शब्द, संगीत र स्वर धन गुरूङको नै रहेको छ भने सृजन नेपालले संयोजन तथा मिक्सिङको काम गरेका छन् ।

त्यस्तै गीतको भिडियो अल्का गुरूङले निर्माण गरेकी हुन् । प्रभु गुरूङले निर्देशन गरेको भिडियो सुमन श्रेष्ठले छायाँकन गरेका हुन् भने सुशिल गुरूङले सम्पादन गरेका हुन् । त्यस्तै, नविन निराैलाले कलर करेक्सन गरेका छन् ।

लण्डनमा छायाँकन गरिएको भिडियोमा रिया लिम्बु र ध्रुब दत्तको अभिनय रहेको छ । ध्रुब दत्त नेपाल चलचित्र कलाकार संघ युकेका उपाध्यक्ष समेत हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्