Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२,१०२,७९२
संक्रमित
९८,१९०,९५१
निको भएका
७०,५९६,९३६
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९८६
संक्रमित
२६८,९४८
निको भएका
२६३,३४८

जन्ती बोकेको जीप दुर्घटना, घटनास्थलमै ४ जनाको मृत्यु



१३ मंसिर, रूकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामाचार जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।

प्रहरीले दिएको जानकारी अनुसार आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजेतर्फ जाँदै गरेको रा१ज ५८९ नम्बरको जिप शुक्रवार राति साँढे ८ बजे दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा आठबीसकोट–८ का अन्दाजी ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको हो । दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्