Logo

क्रिस्टलको घरेलु मैदानमा न्युक्यासलको सहज जित



Spread the love

एजेन्सी। न्युक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० ले हराएको छ ।

सेलह्रस्ट पार्क लन्डमा शुक्रबार राति बराबरीतर्फ धकेलिएको खेलको ८८औं मिनेटमा जोइलिन्टनको पासमा कलुम विल्सनले गोल गर्दै न्युक्यासललाई १–० को अग्रता दिलाए । ९०औं मिनेटमा विल्सनको पासमा जोइलिन्टनले गोल गर्दै न्युक्यासलको जित पक्का गरे ।

जितसँगै न्युक्यासल १० खेलबाट १४ अंक जोडेर १०औं स्थानमा उक्लदा पराजित क्रिस्टल प्यालेस १३औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्