Logo

चिनियाँ रक्षामन्त्री भोलि नेपाल आउँदै



Spread the love

१३ मंसिर, काठमाडौं। चिनियाँ रक्षामन्त्री एवं पहिलो वरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा भोलि नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै उनको भ्रमणको औपचारिक घोषणा गरेको हो ।

उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ

भेटमा दुईपक्षीय सम्बन्ध सुधारका विषयमा कुराकानी हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्