Logo

आज मध्यरातदेखि रेसुंगा नगरपालिकामा लकडाउन हट्दै



Spread the love

१३ मंसिर, गुल्मी । आज राती १२ बजेपछि रेसुंगा नगरपालिकामा जारी गरिएको लकडाउन खुल्ने भएको छ । नगरपालिकामा कोरोना संक्रमितको संख्या बढेको भन्दै मंसिर ४ गते राती १२ बजे देखि लागु हुने गरी नगरपालिकाकाले लकडाउनको घोषणा गरेको थियो ।

नगरपालिका भित्रका शिक्षक, कर्मचारीलाई कोरोना संक्रमणको पृष्ठि भएको र त्यसलाई न्यूनीकरण तथा फैलावटबाट रोक्न लकडाउन गरिएको नगरपालिकाले स्पष्ट पारेको छ । मंसिर पाँच गतेदेखि आज सम्म २०८ जनाको पिसिआर परिक्षण गरिएको र २५ जनाको कोरोना पोजेटिभ देखिएको रेसुंगा नगरपािलकाका स्वास्थ्य शाखाका प्रमखु बोम अर्यालले जानकारी दिए ।

त्यस्तै, उता रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले भोलिदेखि लकडाउन खुले तापनि पछि पुनः थप्ने संकेत गरेका छन् । भोलि आवश्यक छलफल गर्ने र सोही अनुरुप अगाडी बढ्ने भूसालले उल्लेख गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्