Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२,१०२,७९२
संक्रमित
९८,१९०,९५१
निको भएका
७०,५९६,९३६
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९८६
संक्रमित
२६८,९४८
निको भएका
२६३,३४८

विप्लवको ‘क्रान्ति’मा भ्वाङ परिसक्योः पूर्वमन्त्री बाँस्कोटा



१३ मंसिर, काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्दको ‘क्रान्ति’मा भ्वाङ परेको दाबी गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चन्दले दावी गरेको क्रान्ति आजको आवश्यकता नभएकाले उक्त समूहका कार्यकर्ता नेकपामा सुरक्षित हुनुपरेको बताए । सोही कार्यक्रममा चन्द नेतृत्व समूहका छ दर्जन बढी कार्यकर्ता आज नेकपामा प्रवेश गरेका छन् ।

“ध्वंशात्मक क्रान्ति आजको आवश्यकता होइन, तपाईँको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाईँ पनि नेकपामा प्रवेश गर्नुपर्यो”, उनले भने । प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले विकास–क्रान्तिको निरन्तरता आजको आवश्यकता भएको औँल्याए । “चन्द कमरेड तपाईँका नेता कार्यकर्तालाई तपाईँको क्रान्ति बेअर्थ लागेर सबै जिल्लाबाट नेकपामा प्रवेश गरिरहेका छन्, तपाईँ पनि नेकपामा समाहित भए राम्रो हुन्छ,” उनले बताए ।

बाँस्कोटाले नेपालमा हिंसात्मक क्रान्ति जरुरी नभएको बताउँदै शान्तिपूर्ण सङ्घर्ष र रुपान्तरणको भने आवश्यक रहेको उनको तर्क थियो । “बमभन्दा ठूलो शक्ति जनता हो, उनीहरुको फैसला नै मुलुकको परिवर्तनको संवाहक हुन्छ”, उनले बताए, “जनताले राष्ट्रिय स्वतन्त्रता, जनजीविका, लोकतन्त्र र आर्थिक समृद्धिसँगै आत्मनिर्भरता नै क्रान्ति हो भन्ने देखाइसकेका छन्, अब यसैमा शान्तिपूर्ण सङ्घर्ष गरिरहने हो ।” नेकपामा कोही दास र कोही मालिक नभएको उनको धारणा थियो ।

बाँस्कोटाले गतिशील र सुढृढ नेपाल निर्माणमा रहेको बताए । उनले नेकपा कुनै पनि हालतामा नफुट्ने दाबी गर्दै ठूलो पार्टीमा होहल्ला मात्रै भएको बताए । “नेकपा फुट्दैन, अब पार्टीभित्र फुटको राजनीति होइन, विचार, कार्यक्रम, सिद्धान्त र योजनाको प्रतिस्पर्धा हुन्छ ।” उनले नेकपालाई ठूलो घरको संज्ञा दिँदै बेलाबेलामा होहल्ला हुनु स्वाभाविक रहेको बताए । विकासमा राजनीतिको कुरा अलिअलि आउने भएकाले सबैले विकास–निर्माणमा मिलेर सुख र समृद्धिलाई प्रामिकता दिनुपर्ने उनले आवश्यकता औँल्याए ।

बाँस्कोटाले यसअघि नेकपामा नवप्रवेशीलाई फूलमालाले स्वागत गरेका थिए । कार्यक्रममा नेकपा वाग्मती प्रदेश कमिटी सदस्य रामहरि सुवेदी, नेकपाका जिल्ला नेताद्वय रीता ढकाल र अशोककुमार ब्याञ्जूले नवप्रवेशीलाई शुभकामना व्यक्त गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्