Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२,१०२,७९२
संक्रमित
९८,१९०,९५१
निको भएका
७०,५९६,९३६
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९८६
संक्रमित
२६८,९४८
निको भएका
२६३,३४८

एउटै प्रदेशमा थप १८० जना कोरोना सङ्क्रमित



१३ मंसिर, विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा ७७३ जनाको पिसीआर परीक्षण गरिएकामा ६८ महिलासहित १८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा सुनसरीका ५३, मोरङका ३६ मध्ये विराटनगरमा १६, झापाका ४९, इलामका १७, पाँचथरका छ, धनकुटाका चार, उदयपुरका दुई र ताप्लेजुङ, तेह्रथुम र भोजपुरका एक÷एक र प्रदेश बाहिरका १० जना रहेका छन् ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या २६ हजार ८५९ पुगेको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २६ हजार ८५९ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म एक लाख ८९ हजार ५०२ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको हुनेको सङ्ख्या ८४ पुगेको छ । योसँगै प्रदेशमा हालसम्म उपचारपछि निको हुनेको सङ्ख्या २१ हजार ७६२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्