Logo

जवान देखिने चक्करमा ४ वर्षदेखि आफ्नै पिसाब पिउँदै एक युवक



Spread the love

१३ मंसिर, एजेन्सी । मानिसको सोख फरक फरक हुन्छ । कसैलाई आफू जस्तो छ त्यस्तै छोड्न मन लाग्छ भने कोही शृंगार तथा आकर्षक देखिन हद पार गर्ने गर्छन् ।

त्यस्तै आकर्षक देखिनका लागि हद पार गर्ने एक इंग्ल्याण्डमा पनि छन् । उनी आफु जवान देखिनका लागि अचम्मको उपाय अपनाउँछन् । जुन सुन्दा घिन लाग्ने समेत हुन सक्छ ।

इंग्ल्याण्डको ह्याम्पशायरमा बस्दै आएका ह्यारी मतादीन जवान देखिनका लागि विहान उठेर आफ्नै पिशाव पिउँछन् । उनले यस्तो गर्न थालेको ४ वर्ष भएको ह्यारीले बताएका छन् ।

उनका अनुसार बासी पिसाबमा एन्टी जिंग तत्व हुने र उक्त तत्वले जवान देखाउनुका साथै डिप्रेशनबाट पनि मुक्ति मिलेको छ ।

उनले बताए अनुसार उनी १ हप्ताभन्दा बढी समयको बासी पिसाब पिउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्