Logo

नेपालका ए डिभिजन क्लबले एएफसीका प्रतियोगिता खेल्न नपाउने



Spread the love

काठमाडौ । नेपालमा रहेका १३ वटा ए डिभिजन लिगका टोलीले एसियाली फुटबल महासंघ एएफसीका प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

ए डिभिजन क्लबको मापदण्डभित्र पर्न नसकेको भन्दै एएफसीले प्रक्रियामा गएका सबै क्लबलाई मान्यता नदिएपछि एसियाली स्तरमा प्रतियोगितामा नेपाली क्लबले भाग लिन नपाउने भएका हुन् ।

लाईसेन्सका लागि नेपालका १३ क्लबले दिएको आवेदन योबर्ष पनि एएफसीले खारेज गरिदिएको हो

आवश्यक मापदण्ड उपलब्ध गराउन नसकेका कारण एएफसीले नेपाली क्लबलाई अनुमति नदिएको अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जनाएको छ ।

एन्फाका अनुसार पछिल्लो निर्णयले नेपालका ए डिभिजन लिगका सबै टोलीले सन् २०२१ भर एएफसीका कुनै पनि प्रतियोगिता खेल्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्