Logo

तपाईको फेसबुकमा धेरै लाइक आउदैन? त्यसको लागि यी समयमा पोस्ट गर्नुहोस् !



Spread the love

धेरै प्रयास गर्दागर्दै पनि हामीले पोस्ट गरेको स्टायाटस , फोटो र भिडियोमा लाइक नै आउदैन । हाम्रो पोस्ट धेरै मान्छेमा पुगोस् भन्ने चाहना राख्ने हामीले कुन समयमा पोस्ट गर्दा राम्रो हुन्छ भन्ने विषय नसोचेको हुन सक्छौं ।

यसैबीच, सामाजिक सञ्जालको विषयमा अध्ययन गर्ने संस्था जेनेसिसले कुन दिन र कुन समयमा पोस्ट गर्दा मानिसहरु माझ बढी पहुँच पुग्छ भन्ने विषय सार्वजनिक गरेको छ । यदि तपाईं आफ्नो पोष्ट धेरैले हेरुन् भन्ने चाहनुहुन्छ भने यहाँ उल्लेख गरेअनुसार आफ्नो पाेस्टको सेड्युल बनाउन सक्नुहुनेछ ।

फेसबुकमा पोस्ट गर्ने सबैभन्दा उत्तम समय दिउँसो १ बजे देखि ४ बजे सम्म रहेको छ। इन्स्टाग्राम बिहान ११ बजे देखि १ बजे सम्म र बेलुका ७ बजे देखि ९ बजेसम्म गर्दा धेरै भन्दा धेरै लाइक पाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्