Logo

हजुरबुबाको किरिया बसिन् नातिनी



Spread the love

दाङ, १५ असार ।

दाङमा १३ वर्षीय बालिका आफ्ना हजुरबुबाको किरिया बसेकी छिन् । घोराही नगरपालिका–६ गिठेपानी निवासी १३ वर्षीया विन्दु नेपाली आफ्नो हजुरबुबाको किरिया बसिरहेकी छिन् ।

उनका हजुरबुबा प्रेमबहादुर नेपालीको यही असार १२ गते आइतबारको दिन मृत्यु भएको थियो । उनले हजुरबुबालाई दागबत्तीसमेत दिएकी थिइन् । विन्दुले भनिन्, “किरिया वस्नका लागि अरू कोही पनि छैनन्, त्यसैले म किरिया बसेकी हुँ ।” अरूलाई खोजेर किरिया गर्नुभन्दा आफू नै बसेको विन्दुले बताइन् ।

प्रेमबहादुरको एक छोरा भए पनि उनको करिब १२ वर्ष पहिले नै मृत्यु भएको थियो । प्रेमबहादुरका दाइभाइका छोराहरु भए पनि नातिनी आफैँले हजुरबुबाको किरिया वस्ने भन्दै किरिया बसेकी हुन् ।

-रासस

प्रतिक्रिया दिनुहोस्