Logo

बेलुकाको खाना ढीला त खानुहुन्न ? हुनसक्छ यस्तो असर



Spread the love

तपाईं बेलुकाको खाना कुन समयमा खानुहुन्छ ? शारीरका लागि आवश्यक पर्ने खाना खाने समयमा ध्यान दिइएन भने त्यसले तपाईंको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ । स्वास्थ्य जीवनयापनका लागि राती ८ बजेभन्दा अगाडी नै खाना खानुपर्ने चिकित्सकहरु बताउँछन् ।

पहिले पहिले मनिसहरु बिहान छिटो उठ्ने गर्थे र राति छिटो सुत्थे, तर अहिले राति ढीला सुत्ने र विहानपनि ढीला उठ्ने बानी आधुनिक जीवनको पर्याय जस्तै बनेको छ ।

ढीला खाना खादाको असर यस्तो छ:

सुत्नमा समस्या हुन्छ
अबेर रातीमा खाना खानुले शरीरको स्लीप साइकिल डिस्टर्ब हुन्छ । सन २०१५ मात्र गरिएको एक अध्ययन अनुसार, अबेर राति खाना खानुनले निद्रामा त समस्या हुन्छ नै साथमा ग्यास्ट्रिकले पनि सताउँछ ।

ब्लड प्रेसर बढ्छ
गलत समयमा खाएको खानाले शरीरलाई फाइदा भन्दा धेरै असर पुर्‍याउँछ । ढीला खाना खाँदा हृदयघात र मधुमेहको खतरा बढी हुन्छ । अध्ययनअनुसार, अबेर राति खाना खाँदा ब्लड प्रेसरको समस्या तथा ब्लडमा सुगरको लेवल समेत बढ्छ ।

तौल बढ्नु
अबेर राति खाना खानुले शरीरको स्केडियन क्लक पनि प्रभावित हुन्छ । स्केडियन क्लक बिग्रनुले निन्द्रामा समस्या आउनुका साथै हार्मोन्सको संतुलन पनि खराव भएर जान्छ । यसले शरीरको तौल बढ्न थाल्छ ।

पाचन प्रक्रियामा समस्या
तपाईंलाई यदी ग्यास्ट्रिकको समस्या छ भने खाना खाने समयमा परिवर्तन गर्नुहोस् । अबेर राति खाएको खाना तपाईंको शरिरमा राम्ररी डाइजेस्ट हुन सक्दैन् । जसका कारण ग्यास्ट्रिकको समस्या बढ्छ ।

प्रतिक्रिया दिनुहोस्