Logo

पुर्वमन्त्री विष्टद्वारा मालिका गाउँपालिकाको कोभिड अस्पतालको उद्घाटन



Spread the love

१८ मंसिर, गुल्मी। नेपाल सरकारका पुर्वमन्त्री एवम् गुल्मी क्षेत्र नम्बर दुईका प्रतिनिधि सभाका सदस्य गोकर्ण विष्टले मालिका गाउँपालिका -६ अर्जैमा रहेको कोभिड १९ अस्पतालको उद्घाटन गरेका छन् ।

बुधबार एक कार्यक्रमबीच अस्पतालको उद्घाटन गरिएको हो । आफ्ना नागरिकलाई गाउँपालिका भित्रै सेवा प्रदान गर्ने उदेश्यले ५ बेडको सुविधा सम्पन्न कोभिड १९ अस्पताल संचालनलमा ल्याएको हो ।

उद्घाटन समारोहमा बोल्दै संसद विष्टले देश र गाउँपालिकालाई आफुले सक्दो सेवा सुविधा नागरिकलाइ प्रदान गरेको बताए । उनले भने, “हाम्रो देश गरिब छ विकसित देशले जस्तो सुविधा दिन त सकेका छैनौं तर राज्यको स्रोत साधन अनुसार सेवा दिएका प्रदान गरेका छौ ” ।

साथै, कोरोनाको महामारी कायमै रहेकाले नागरिकलाई सचेत हुन आग्रह समेत गरेका छन् ।

एक जना एम.बि बि एस डाक्टर सहित दुई जना नर्सले यस अस्पतालबाट सेवा प्रदान गर्न गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर छ का वडा अध्यक्ष शोभाखर गिरिले जानकारी दिए ।

यता, मालिका गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बसन्त भुसालले अब दुखका दिन गएको बताएका छन् ।

कोभिडका बिरामीले भोग्दै आएको समस्या र गाउँपालिकाले झेल्दै आएको समस्या केहि हदसम्म भए पनि समाधान भएको उल्लेख गरे ।

स्थानीय नन्दराम पराजुलीले कोभिड १९ अस्पतालको लागि नि: शुल्क दुई रोपनी जग्गा प्रदान गरेका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्