Logo

पाकिस्तान मुस्लिम लिग-नवाजका नेता मरियम मुल्तान र्‍यालीमा सहभागी



Spread the love

१८ मंसिर, लाहोर । पाकिस्तानी अधिकारीहरुले मुल्तान र्‍यालीमा सहभागी हुन अवरोध सिर्जना गरे पनि पाकिस्तानी लोकतान्त्रिक आन्दोलन (पीडीएम) का कार्यकर्ताहरुले घेरो तोडेर अघि बढ्दै कार्यक्रममा सहभागी भएका छन् ।

उक्त र्‍यालीमा पाकिस्तान मुस्लिम लीग-नवाजका उपप्रमुख मरियम नवाज नोभेम्बर ३० सोमबार मुलतानमा भएको पाकिस्तान लोकतान्त्रिक आन्दोलनको र्‍यालीमा सहभागी भएकी हुन् । “नवाज शरीफले मलाई पीडीएमको बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्,” मरियमको भनाइ उदृत गर्दै डनले लेखेको छ ।

पाकिस्तानी दैनिकले मरियमका बुबाले उनलाई “शोक बिर्सनु” र पीडीएमा र्‍यालीमा सहभागी हुन बताएका बताएको जनाएको छ । मरियम आफ्नो हजुरआमा बेगम शमिमको अन्त्यस्टिको दुई दिनपछि उनी उक्त कार्यक्रममा सहभागी भएकी हुन् । यद्यपि मरियमले उनको शोकको अवधिमा पीडीएमको जुलुसमा भाग लिने निर्णयले पाकिस्तानको सत्तारुढ पार्टी त्रसित बनेको छ ।

“मरियमकी हजुरआमाको शवलाई कार्गो विमानमा राखिएको छ र नवाज शरीफले आफ्नी छोरीलाई राजनीतिक र्‍यालीमा सहभागी हुन निर्देशन दिएका छन् ।” मुलुकमा रहेका पाकिस्तानी पीपुल्स पार्टीका कार्यकर्ताहरूको गिरफ्तारीका लागि प्रधानमन्त्री इमरान खानको निन्दा गर्दै बिलावल भुट्टो-जरदारीले शुक्रबार पाकिस्तान प्रजातान्त्रिक आन्दोलन (पीडीएम) नोभेम्बर २० अपरिहार्य भएको बताएका थिए ।

पूर्व प्रधानमन्त्री यूसुफ रजा गिलानीको छोरा कासिम गिलानीले ट्विटरमा साझा गरेको भिडियोमा प्रतिक्रिया जनाउँदै पीपीपी कार्यकर्तालाई पुलिस भ्यानमा लगिएको देखाउँदै भुट्टेले भने, “फासिस्ट शासनले मुलुकमा प्रजातान्त्रिक कार्यकर्ताहरुलाई पक्राउ गरिरहेछ । यी कठपुत्रहरु जनतादेखि डराउँछन् ।”

प्रतिक्रिया दिनुहोस्