Logo

लागुऔषध काण्डमा पक्राउ परेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए भारती तथा हर्ष



Spread the love

एजेन्सी । लागुऔषध प्रयोगको अभियोगमा पक्राउ परेकी भारती सिंह पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएकी छिन् ।

उनी सहित उनका पति हर्ष पनि सार्वजनिक कार्यक्रममा पहिलोपटक देखिएका हुन् । भारती दम्पती अभिनेता तथा टिभी कार्यक्रम प्रस्तोता आदित्य नारायण तथा श्वेता अग्रवालको विवाहको रिसेप्सनमा देखिएका हुन् ।

उनीहरूले यही डिसेम्बर १ तारिखमा विवाह गरेका हुन् । सापित फिल्मबाट फिल्म करीयरमा डेब्यु गरेका यी दुई सेलिब्रेटिले ११ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । उनीहरूले सामान्य रितिरिवाजद्वारा मन्दिरमा विवाह गरेका थिए ।

त्यस्तै, भारतीय हास्यकलाकार तथा उनका पति केही हप्ताअघि प्रहरीको हिरासतबाट जमानतमा छुटेका छन् । उनीहरूको घरमा एनसिबीले छापा मार्दा केही मात्रामा गाँजा फेला परेको थियो । रिसेप्सनमा भारती र हर्षले रमाइलो गरेको भिडियो सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्