Logo

‘काम गर्न उमेर हैन आँट र आत्मविश्वास चाहिन्छ’ – जैविक किसान/तालीमकर्ता चन्द्र प्रसाद अधिकारी !!



Spread the love

२०७७/६/३०, हल्ट प्राइज, सुदूरपश्चिम विश्वविद्यालय र IAAS Nepal LC FU-FoA टिकापुरको संयुक्त प्रयास र सहकार्यमा विश्व खाद्य दिवसको अवसर पारि आयोजित “जैविक कृषि, रैथाने बाली संरक्षण र खाद्य सुरक्षा” शीर्षकको कार्यक्रम एक अनुभवी जैविक किसान, तालिमकर्ता चन्द्र प्रसाद अधिकारी को आतिथ्यतामा उत्साहजनक र उत्कृष्ट ढङ्गले सम्पन्न भयो। मनमा आँट ,साहस अनि हिम्मत र आफूमा विश्वास हुने हो भने कुनै पनि कार्य असम्भव नहुने कुरा उहाँले बताउनु भएको हो।

“Everything was experience and all the experience comes from bad experience”-भन्ने भनाईलाई अधिकारी जी ले एकदमै मार्मिक अनि सहज र सरल रूपले प्रस्तुत गर्नु भएको थियो। पढेका भन्दा परेका बढी अनुभवी र सिपालु हुने कुरा पनि आजको कार्यक्रमबाट सजिलै बुझिएको थियो। आफूमा भएको शिक्षालाई सही ठाउँमा उपयोग गर्न सकिएन भने त्यो शिक्षाको न काम छ न महत्त्व, सुँगा रटाई पढाईले कहिल्यै सफल बन्न सकिँदैन, यसले भविष्यमा दुर्घटना निम्त्याउन सक्छ बताउनु हुन्छ अधिकारी। सफलता खोज्ने हातले काम गर्ने जाने मात्र सफल भइने उहाँको भनाई थियो।

नेपाल कृषि प्रधान देश भएता पनि यहाँका मानिसलाई आवश्यक पर्ने खाद्य सामग्री प्रशस्त उत्पादन हुन सकेको छैन। झन् अहिले वर्तमान सन्दर्भमा रासायनिक मलको अव्यवस्थित रुपमा प्रयोग गरिएकाले माटोको उर्वराशक्ति घट्दै गई उत्पादनमा कमी आएको बताउनु भएको थियो। त्यसैले विभिन्न रोगबाट उपभोक्तालाई बचाउन, वातावरणलाई सन्तुलित बनाउन , माटोको उर्वर शक्ति वृद्धि गर्न र पोसिलो र स्वस्थ बस्तु उत्पादन गर्न अनि सबैलाई जैविक कृषिको महत्त्व र आवश्यकताको बारेमा बुझाउन आफूले जैविक कृषिलाई अँगालेको उहाँको भनाई रहेको छ। आफ्ना पूर्वजहरूले पनि कृषि पेसा नै अँगालेकाले आफू पनि कृषि तिरै आकर्षित भएको उहाँले सोही कार्यक्रम मा बताउनु भएको हो। रासायनिक माध्यमबाट लामो समयसम्म कृषि गर्न गाह्रो पनि हुने भएकाले यसलाई वैकल्पिक माध्यममा राखी जैविक ख्यातिलाई प्रोत्साहन गरौँ भने उहाँको अनुभवले बताएको हो। जैविक विविधताले भरिएको नेपाल जस्तो देशमा जैविक ख्यातिलाई माथि उठाउनु सबै जिम्मेवार नागरिकको जिम्मेवारी रहेको छ। प्राङगारिक मलको प्रयोग गरी जैविक खेती गर्न सके किसान र उपभोक्ता दुवैलाई फाइदा हुने कुरामा कुनै दुई मत छैन। त्यसैसरि रैथाने बाली को उचित रुपमा संरक्षण गर्न सके उत्पादनमा पनि सहज हुने र त्यसको संरक्षणका निमित्त स्थानीय निकाय र सरकारबाट पहल गर्न आवश्यक रहेको कुरा अधिकारीले बताउनु भएको थियो। आफ्नै ठाउँमा भएका रैथाने बालीको भण्डारणका लागि पनि सबै एकजुट भएर लाग्नु अहिलेको आवश्यकता रहेको छ जसले गर्दा उत्पादन गर्ने किसान पनि मारमा नपर्ने कुरा बताउँदै अधिकारी राज्यले पनि यसका लागि आवश्यक नीति नियम बनाउन अत्यावश्यक छ। नेपालीलाई चाहिने बीउ नेपाल मै प्राप्त गर्न सके र यसको प्रमाणीकरणका लागि पहल भयो भने कृषिले फट्को मार्ने कुरामा शङ्कै छैन।

जैविक कृषि अगाँलि रैथाने बाली संरक्षण गर्न सक्ने हो भने खाद्य सुरक्षामा मद्दत पुग्ने अधिकारी जी ले बताउनु भयो। उचित र व्यवस्थित कृषिलाई अघि बढाउने हो भने खाद्य सङ्कट , भोकरी जस्ता समस्या देखिने छैनन्। एकतर्फ उपभोक्ता र किसान मारमा परेका छन् भने अर्को तर्फ बिचौलियाले मोनो पोली व्यापार गरेको छ। किसान सरकारसम्म पुग्दैन र जो पुगेको छ त्यो किसान नभएको र कृषि पेसालाई सुरक्षित पेसा बनाउने केही पहल नभएकोमा देखसो पोख्दै अधिकारीले कृषि र किसानका लागि उचित नीति नियमको निर्माण गरी कार्यान्वयन गर्नु पर्ने दबाब सरकारलाई दिने पर्ने बताउने भएको छ। त्यसै गरी किसानको सामान जहाँबाट उठाउँछ पैसा पनि त्यही पुर्‍याउने व्यवस्था गर्नु पर्ने आजको आवश्यकता रहेको कुरा बताउँदै तालिमकर्ता अधिकारीले शिक्षा र विवेक भएका युवा आफ्नो देशका भूमि बाँझो राखी मरुभूमिमा रगत र पसिनाले पर भूमि सिचाइ गरेको देख्दा छाती जल्ने कुरा बताउनु भएको छ। त्यसैले युवा शक्तिलाई नेपाल मै रहने व्यवस्था गर्ने र जैविक खेती तिर आकर्षण गर्न सके मात्र विकासका सम्भावनाका बन्द ढोका खुल्ने छन् , देशले प्रगति र उन्नतिको मार्गमा मुहार फेर्ने छ । त्यसगरी कृषिजन्य केन्द्र र राज्यसम्म दबाब पुर्‍याउन सके र संस्थागत रुपमा कृषि पेसालाई अघि बढाउन सके ,बजारको उचित व्यवस्थापन गर्न सके खाद्य सुरक्षा हुन सक्ने उहाँले सोही कार्यक्रममा बताउनु भयो। सहभागीहरूले पनि आफूले नबुझेका विषयमा प्रश्न उठाएर कार्यक्रमलाई झन् शोभायमान बनाउनु भएको हो।

काम गर्नलाई र सफल हुनलाई उमेरले छेक्दैन भन्ने भनाईको ज्वलन्त उदाहरण बन्नु भएको छ, चन्द्र प्रसाद अधिकारी।

प्रतिक्रिया दिनुहोस्