Logo

एकै जिल्लामा छुट्टाछुटै ३ जना पुरुष मृत फेला



Spread the love

१९ मंसिर, बुटवल । रुपन्देहीका छुटाछुट्टै ठाउँमा तीन जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीको बुटवलका दुई ठाउँ र मर्चवारी गाउँपालिका १ महुवाटमा गरी ३ जना पुरुषको शव फेला परेका छन् । मुत्यु हुनेमा बुटवल उपमहानगर पालिका वार्ड १२ नयागाँउ खानेपानी ट्याङकी नजिकै सैनामैना न.पा.१ बन्कट्टा बस्ने वर्ष २९ का किशोर थापा मृत र मर्चवारी गाउँपालिका १ महुवाघाटमा मायादेवी गाउँपालिका ८ बस्ने वर्ष २० का अजयकुमार बानियाँ मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, बुटवल उपमहानगरपालिका ९ स्थित भुड्कीचोकको आकाशे पुलमुनि ५५ वर्षीय एक व्यक्ति मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । तीनवटै घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्