Logo

आज १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

१९ मंसिर, काठमाडौँ । देशभरका प्रयोगशालामा ८ हजार ४२ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार २ सय ७२ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा ८, उदयपुरमा ३, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३०, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा २, मोरङमा ६१, संखुवासभामा ३ र सुनसरीमा ३६, धुनषामा १३, पर्सामा १, बारामा ५, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा ४ र सिरहामा ९ जना, काठमाडौँका ४४०, भक्तपुरका ४१ तथा ललितपुरका १२५, काभ्रेमा १९, चितवनमा २९, दोलखामा १०, धादिङमा ५, नुवाकोटमा २, भक्तपुरमा ४१, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा १२५, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ७ जना, कास्कीमा ७९, गोरखामा ७, तनहुँमा ३, नवलपरासी पूर्वमा २८, पर्वतमा १, म्याग्दीमा ९, लमजुङमा २, बागलुङमा ३ र स्याङजामा ११ जना, अर्घाखाँचीमा ५, कपिलवस्तुमा १, गुल्मीमा २१, दाङमा २१, नलवपरासीमा ९, पाल्पामा १९, प्यूठानमा ५, बर्दियामा ७, बाँकेमा ३०, रोल्पामा १ र रुपन्देहीमा ३६ जना, दैलेखमा २, अछाममा ४०, कञ्चनपुरमा ७, कैलालीमा २४, डडेल्धुरामा ११, डोटीमा ३, दार्चुलामा ९ र बैतडीमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ। शुक्रबार १ हजार ५ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ।

हाल देशभर १५ हजार ४ सय ४७ जना सक्रमित संक्रमित छन् भने ५ सय ३७ जना क्वारेन्टिन रहेको स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्