Logo

एउटै प्रदेशमा १२३ जना कोरोना सङ्क्रमित थपिए



Spread the love

२१ मंसिर, काठमाडौं पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४६ जना महिलासहित १२३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा ४६ मध्ये विराटनगरमा ३४, झापामा ३७, सुनसरीमा १५, इलाममा ११, ताप्लेजुङमा दुई, तेह्रथुम, भोजपुर र उदयपुरमा एक/एक र प्रदेश बाहिरका नौ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा होम आइसोलेसनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट आठ र न्यूरो अस्पतालबाट पाँच, विराट मेडिकल कलेजबाट एक जनासहित २५१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार १५० पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार १७० पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २० जना रहेको मन्त्रालयले जनाएको छ । सात सय ४३ जनासहित कूल एक लाख ९६ हजार ७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्