Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२,१०२,७९२
संक्रमित
९८,१९०,९५१
निको भएका
७०,५९६,९३६
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९८६
संक्रमित
२६८,९४८
निको भएका
२६३,३४८

अबदेखि सार्वजनिक बिदामा पनि विद्यालय सञ्चालन हुने



२३ मंसिर, रूकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले हप्ताका सातै दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको बसेको बैठकले यहाँका सबै विद्यालय हप्ताका सातै दिन सञ्चालन गर्ने निर्णय गरेको हो । यहाँका विद्यालयमा शुक्रबार पूरै दिन पढाइ र शनिबार अतिरिक्त क्रियाकलाप शुरु गरिने नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए ।

नगरभित्रका ६३ वटै विद्यालयमा अब बिदाको दिन पनि पठनपाठन र अतिरिक्त क्रियाकलाप हुनेछ । बालविकासदेखि कक्षा ९ सम्मको पढाइ २०७८ को वैशाखभरि सञ्चालन हुने र २०७८ जेठदेखि अर्को शैक्षिकसत्र सञ्चालन गर्ने गरी कार्ययोजना नगर कार्यपालिकाको बैठकबाट पारित भएको नगर प्रमुख केसीले राससलाई जानकारी दिए ।

विसं २०७६ चैत ११ गतेदेखि बन्द भएका विद्यालय नगरपालिकाले कात्तिक १६ गतेदेखि शुरु गरेको थियो । प्रधानाध्यापकले तयार पारेको प्रस्ताव नगर शिक्षा समिति हुँदै कार्यपालिकामा पेस भएको थियो । कार्यपालिकाले उक्त प्रस्ताव पारित गरेको छ । विशेष परिस्थितिका कारण बन्द भएका विद्यालय अब निरन्तर सञ्चालन हुने नगर प्रमुख केसीको भनाइ छ ।

सो निर्णयबाट विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावक उत्साहित भएका छन् । जिल्लाका ६ स्थानीय तहमध्ये कार्ययोजना बनाएर पठनपाठन गर्ने आठबीसकोट नगरपालिका दोस्रो हो । यसअघि चौरजहारी नगरपालिकाले पनि कार्ययोजना बनाएर पठनपाठन शुरु गरेको थियो । त्यस्तै जाजरकोटको नलगाड र भेरी नगरपालिकाले समेत विद्यालय सञ्चालन ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्