Logo

बालिकाको रहस्यमय मृत्यु



Spread the love

२३ मंसिर, रसुवा । गत आइतबारदेखि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा भेटिएकी छन् । कालिका गाउँपालिका वडा नं १ राम्चे ग्राङ क्षेत्र, फैक्रिगाङ निवासी ६ वर्षीया सुमिना तामाङको शव राम्चे नजीक भीरको फेदस्थित ओढारमा आज फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज गिरीका अनुसार कक्षा १ मा अध्ययनरत बालिका यही मङ्सिर २१ गते बेलुका ग्राङ प्राथमिक विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी थिइन् । उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ ।

हराएको सूचना पाउनासाथ खोजतलासका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, अभिभावक र स्थानीय बासिन्दा खोजतलासमा जुटेका थिए । अपहरण गरी घटना गराएको आशङ्कामा एक महिलालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्