Logo

कतारमा कमाएको पैसा र जग्गा लिएर श्रीमती पराईसँग हिँडिन्, श्रीमानले कतारमै प्राण त्यागे



Spread the love

२४ मंसिर, काठमाडाैँ । कतारमा एक जना नेपालीले आत्महत्या गरेका छन् । कतारमा पसिना बगाउँदै गरेका भरतपुरका हरि वाग्लेले श्रीमतीका कारण खाडी मुलुकै प्राण त्यागेका हुन् ।

हरीकी पत्नीको विवाहेत्तर सम्बन्ध भएको र उनकै टर्चरका कारण हरीले आत्महत्या गरेको परिवारले दाबी गरेको छ ।

एक वर्षअघि नेपाल आएका हरीले श्रीमतीको दवावमा भरतपुरमा रहेको जग्गा श्रीमतीकै नाममा पास गरिदिए । हरी कतार फर्केपछि उनकी श्रीमतीले अर्कैसँग बसेको फोटो फेसबुकमा हालेको र बारम्बार टर्टर दिएको परिवारले आरोप लगाएको छ ।

उनी श्रीमतीले कतारमा दुःख गरेको पैसा र भरतपुरको जग्गा लिएर बेपत्ता भएपछि हरीले कतारमा नै प्राण त्यागे । उनको परीवार हरीको शव नेपाल आउने प्रतीक्षामा छ । परिवारका सदस्यका अनुसार हरीले बारम्बार श्रीमतीले टर्टर दिएको बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्