Logo

सेती अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु



Spread the love

२६ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको ज्यान गएको छ । अस्पतालका अनुसार भीमदत्त नगरपालिका-१ का ७३ वर्षका वृद्धको शुक्रबार मृत्यु भएको हो ।

सेतीको कोरोना अस्थायी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । वृद्धलाई कडा निमोनिया रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्