Logo

हल्ट प्राईज सु.प.बि को फाइनल हुँदै



Spread the love

३० मंसिर, काठमाडौं । भन्छन् प्रतीक्षाको फल मिठो हुन्छ,अब तपाईं हामी सबैको प्रतीक्षाको घडी समाप्त हुने दिन नजिक आउदैँ छ।

आज डिसेम्बर १५ अर्थात मङ्सिर ३० गते हल्ट प्राइज, सुदुरपश्चिम विश्वविद्यालय अन क्याम्पस प्रोग्रामको फाइनल हुन गइरहेको छ ।  यसपाली सुदुरपश्चिम मै पहिलो पटक हल्ट प्राइज  आयोजना भएको र  सो कार्यक्रममा सुदुरपश्चिम विश्वविद्यालयमा विभिन्न कलेजहरु सहभागी हुनुभएको छ ।करिब १२ वटा समूह बिच प्रतिस्पर्धा हुदैँ छ।

हल्ट प्राइज उर्जावन युवाहरुका लागि एक सुवर्ण अवसर हो, जो एक उध्यमी ,व्यापारी हुन प्ररित गर्छ र समाजमा सकारात्मक परिवर्तन ल्याउनका निमित्त अग्रसर भइरहन्छ। (बाच्नका लागि खाना) Food for Good) चुनौति मा रहेर यसपटकको कार्यक्रम हुन लागेको हो र जुन टिमले सोही विषयमा रहेर आफ्नो उत्कृष्ट अनि तार्किक विजनेस आइडियाजहरु राख्छ सो टिम नै यसमा विजेता हुनेछ । यसले भोकालाई गाँस,नाङ्गालाई कपास ,घरबारविहिनलाई बाँस ,बेरोजगारलाई रोजगार दिई अर्थतन्त्रलाई उत्प्रेरित गर्ने छ।

प्रतिक्रिया दिनुहोस्