Logo

कोदोको खीर चखाएर सन्तोष पुगे बीबीसी मास्टर सेफको टप ४ मा



Spread the love

काठमाडौं। नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को टप ४ भित्र पर्न सफल भएका छन् ।

मंगलबार राति ‘बीबीसी वान’ मा प्रसारित फाइनल राउण्डको पहिलो चरणबाट अघि बढ्दै उनी टप ४ मा पुगेका हुन् ।

मंगलबार भएको ‘इन्भेन्सन् राउण्ड’ मा सन्तोषले डिजर्टको रुपमा कोदोको खीरका साथमा आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमौरा’ प्रस्तुत गरेका थिए । त्यस्तै, निर्णायकको आग्रहमा खरायोको ‘फ्रेन्च क्लासिक डिस’ लाई उनले नेपाली भुटन स्टाइलमा तयार पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्