Logo

नेपालका सन्तोष बीबीसी मास्टर सेफ २०२० को शीर्ष तीनमा



Spread the love

काठमाडौं। नेपालका सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ २०२०’ प्रतियोगिताको शीर्ष तीनमा पुगेका छन् । ‘बीबीसी वान’ मा बुधबार राति प्रसारित फाइनल राउण्डको दोस्रो चरणमा उनी अघिल्लो चरणका लागि छानिएका हुन् ।

साहले उत्कृष्ट तीनमा पुग्नका लागि भुटेको चिउरा, गोल्डेन पुरी, गँगटाको तरकारी, साँधेको भटमास, रायोको साग, जिम्बुले झानेको पोलेको खसीको मासु, पुदिना पराठा, क्रिस्पी प्याज बनाएका थिए ।

प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्