Logo

प्लास्टिक सर्जरी गराउने क्रममा एक मोडलको मृत्यु



Spread the love

एजेन्सी । सुन्दर फिगरका कारण चर्चामा रहेकी ३० वर्षीया जसलिन क्यानोको नितम्बको प्लास्टिक सर्जरी गराउने क्रममा मृत्यु भएको हो।

उनी मेक्सिकोकी चर्चित इन्स्टाग्राम मोडल हुन्। उनलाई मेक्सिकोकी किम कार्दासियन पनि भनिन्छ । इन्स्टाग्राममा क्यानोका लगभग १३ मिलियन फलोअर्स छन् जो उनको सुन्दर फिगरका प्रशंसक हुन् । क्यानो मोडलका साथै एक स्विमसुट डिजाइनर पनि थिइन् ।

‘बट लिफ्ट’ भनिने शल्यक्रियामार्फत क्यानोको पेटबाट बोसो निकालेर उनको नितम्बमा राखिँदै थियो। त्यस क्रममा उनको मृत्यु नै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

यो महिनाको सुरुवातमा क्यानो आफ्नो क्यालिफोर्नियास्थित घरबाट कोलम्बियामा प्लास्टिक सर्जरी गराउन गएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्