Logo

लिड्सको पोस्टमा म्यानचेस्टर युनाइटेडको गोलको वर्षा



Spread the love

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडमाथि फराकिलो जित हात पारेको छ । घरेलु मैदानमा युनाइटेडले लिड्सलाई ६–२ को सानदार जित निकालेको हो ।

ओल्डट्राफोर्डमा आइतबार राति ब्जएको युनाइटेडको जितमा स्कट म्याकटोमिने र ब्रुनो फर्नान्डेसले समान दुई गोल गर्दा भिक्टर निल्सन लिन्डेलफ र ड्यानियल जेम्सले समान एक गोल गरे । लिड्सका लियाम कोपर र स्टुआर्ट डालासले गोल फर्काए ।

जितसँगै युनाइटेड १३ खेलबाट २६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित लिड्स १७ अंक जोडेर १४औं स्थानमा छ ।

अर्काे खेलमा एस्टन भिल्लाले १० खेलाडीमा समेटिएको वेस्ट ब्रुमलाई ३–० ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्