Logo

टिकटक बनाउँदा झाेलुङ्गे पुलबाट खसेर घाइते भएका युवककाे मृत्यु



Spread the love

६ पुस, दाङ। दाङमा टिकटक भिडियाे बनाउँदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका एक युवकको मृत्यु भएको छ । टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका १९का २४ वर्षीय रमेश थापाकाे ज्यान गएको हो ।

उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गत शनिबार दिउँसाे बबई गाउँपालिका ५ हापुरेकाे पुरन्धारा छहरा नजिक रहेको झोलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा थापा खसेका थिए ।

प्रतिक्रिया दिनुहोस्