Logo

हामीले प्रधानमन्त्रीको कदमलाई स्वीकारेका छैनौं – नेता नेपाल



Spread the love

६ पुस, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । नयाँ बानेश्वरमा सोमबार भएको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले त्यस्तो बताएका हुन्।

“प्रधानमन्त्रीलाई संवैधानिकरुपले संसद विघटन गर्ने हैसियत र अधिकार छैन, त्यसले संसद विघटन भएको होइन” उनलेे भने, “कोही कसैले बाटोमा हिड्दाहिड्दै निर्णय गरिदिंदा मान्ने कुरा हुँदैन ।” सांसदहरुले प्रधानमन्त्रीको कदमको विरोधमा रहेकाले हामी कसैले त्यो नमान्ने उनलेे स्पस्ट पारे ।

राजनीतिक, संवैधानिक सबै उपाय अबलम्बन गरेर संसद पुनस्र्थापना गर्ने उनलेे दावी गरे ।

प्रतिक्रिया दिनुहोस्