Logo

२४ घण्टामा एउटै प्रदेशमा ५१५ जनाले जिते कोरोना



Spread the love

९ पुस, विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५१५ जना कोरोना सङ्क्रमित निको भएका छन् । निको हुनेमा होम आइसोलेशनबाट ५०१, मेची अस्पतालबाट पाँच, कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्र विराटनगरबाट चार, विराट मेडिकल कलेज बुढीगङ्गा मोरङबाट तीन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र न्यूरो अस्पताल विराटनगरबाट एक÷एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २६ हजार २९६ पुगेको छ ।

सोही अवधिमा प्रदेशमा ३९० जनाको पिसिआर परीक्षण गरिएकामा २१ महिला र २९ पुरुष गरी ५० सङ्क्रमित थपिएका छन् । थप हुनेमा मोरङमा १७ मध्ये विराटनगरमा १३, सुनसरीमा १४, झापामा १२, इलाम, पाँचथर र ओखलढुङ्गामा एक÷एक तथा प्रदेश बाहिरका चार जना रहेको मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या हालसम्म २९ हजार ५७४ पुगेको छ । प्रदेशमा हालसम्म दुई लाख छ हजार ४१४ जनाको पिसिआर परीक्षण कार्य सम्पन्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्