Logo

राईलाई राष्ट्रियसभामा सिफारिस ,व्यक्तीगत इच्छाले नभई संस्थागत निर्णय भएको हो : गुलावजंग शाह(निर्णयसहित)



Spread the love
नेकपा एमालेका विभिन्न प्रदेश कमिटीहरुले राष्ट्रियसभाका उम्मेदवारको नाम सिफारिस गर्ने क्रममा सल्यानले पनि राष्ट्रिय सभामा आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ । राष्ट्रिय सभाका ५६ सिटमध्ये वामपन्थी गठबन्धनले ४३ सिटमा जित्ने दाबी गरेको छ, जसमध्ये एमालेको भागमा २९ सिट परेको छ ।
एमालेले एक सिटका लागि बढीमा ३ जनाको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीहरुलाई निर्देशन गरे संगै सल्यानले पनि राष्ट्रिय सभाका एक जना उम्मेदवारका लागी राजेन्द्र विर राईलाई सिफारिस गरेको हो । माघ ३ गते बसेको जिल्ला कमिटीको पुर्ण बैठकले राईलाई सर्वसम्मत सिफारिस गरेको एमाले सल्यान जनाएको छ ।
बैठकमा भर्खरै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका राप्रपाका सहायक महामन्त्री मनोज प्रधानका साथै राजेन्द्रविर राई, मनोज कुमार सिंह लगाएत राप्रपा जिल्ला नेतृत्वलाई स्वागत गरिएको थियो । राई भर्खरै सम्पन्न प्रदेश सभाका उम्मेदवार हुन भने सिंह राप्रपा सल्यानका जिल्ला अध्यक्ष हुन् । नव प्रवेशीहरुलाई एमालेको तर्फबाट पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला, केन्द्रिय सदस्य गुलाव जंग शाह, प्रदेश कमिटी सदस्य उदय बोहरा, हरि के.सी लगायतको जिल्ला नेतृत्वले स्वागत गरेको थियो ।
बैठकमा पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले नव प्रवेशीले एमाले भित्र रहेर पार्टीको सिदान्तमा अडिग रहि काम गर्ने विश्वास रहेको बताए । त्यस्तै केन्द्रिय सदस्य गुलाव जंग शाहले कसैको व्यक्तीगत इच्छा चाहना नभई पार्टीको संस्थागत निर्णय रहेको जानकारी दिदै पार्टीको मुल्य र मान्यतालाई आत्मसात गरि सबैलाई मिलाएर लाग्न आफु कटिबद्ध रहेको जानकारी दिए ।
वर्तमान सरकारले निर्वाचनबाट प्राप्त जनादेशलाई तत्काल सम्मान गरेर सरकार निर्माणमा मार्ग तय गर्न पनि सरकारसँग आग्रह गरे । जनमत प्राप्त जनप्रतिनिधिलाई आफ्नो काम गर्नबाट वञ्चित गराउन खोज्नु उचित नहुने बताउदै राष्ट्रिय सभा विधेयक ल्याउन सरकारले ढिला गरेका कारण समस्या आएकोे उनले बताए । शाहले जनता प्रति पूर्ण बफादार रही मुलुक र जनताको भलो चिताई पक्षपात, कुनै आग्रह पूर्वाग्रह नराखी इमान्दारिताका साथ काम गर्न आफुलाई प्रदेश सभामा जनताले पठाएको बताए ।
जिल्ला कमिटीले पारित गरेको निर्णय:

प्रतिक्रिया दिनुहोस्