Logo

फाइजरको भ्याक्सिनको गम्भीर साइड इफेक्ट देखियो



Spread the love

१९ पुस, एजेन्सी । फिनल्याण्डमा कोरोना भाइरस विरूद्धको अमेरिकी भ्याक्सिन फाइजरको भ्याक्सिन लगाएका व्यक्तिमा गम्भीर प्रकारको साइड इफेक्ट देखिएको छ ।

फिनल्याण्डमा फाइजरको भ्याक्सिन लगाएका पाँच जनामा गम्भीर प्रकृतिको साइडइफेक्ट देखिएको फिनल्याण्डको मेडिसिन एजेन्सीले जानकारी दिएको हो ।

फिनल्याउडको चिफ फिजिसियन मैया कौकोनेंका अनुसार हालसम्म पाँच जना व्यक्तिमा खोपको साइड इफेक्ट देखिएको छ ।

कस्तो खालको साइड इफेक्ट हो भन्नेबारे विवरण गोप्य राखिएको भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरेको छ ।

दुई दिनअघि मात्र फाइजरलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर आपत्कालिन प्रयोगका लागि अनुमति दिएको थियो ।

त्यहाँ साइड इफेक्ट अझै बढ्नसक्ने समेत त्यहाँका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्