Logo

बेलायतमा देखिएको भाइरस कोरोना नै हो, नयाँ भाइरस होइन : जनस्वास्थ्यविद् पाण्डे



Spread the love

२० पुस, काठमाडौं । जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस कोरोना भाइरस नै भएको बताएका छन् । त्यहाँ देखिएको भाइरस कुनै नयाँ भाइरस नभएको बताउँदै उनले भाइरसको स्वरूप मात्र परिवर्तन भएको बताए ।

शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गदै उनले बेलायतमा स्वरूप परिवर्तन भएर कोरोना भाइरसको नयाँ प्रजाति देखिएको बताए । पुरानो कोरोना भाइरसभन्दा यो ७० प्रतिशत बढी सर्न सक्ने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा यस्ताे लेखेका छनः ‘बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं | यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस हैन | भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन भइरहहन्छ |

त्यहि क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको हो | पुरानो कोरोना भाइरसभन्दा यो ७० % बढी सर्न सक्दछ | उदाहरणको लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने यो ७० % बढी अर्थात १७०० जनालाई संक्रमण गराउन सक्छ |

यो भाइरसको मृत्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ | आम सर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य हैन | यो सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै हो |

अन्य व्यक्तिसंग भेट्दा मास्क सहि तरिकाले अनिबार्य रुपमा लगाउने, भीडमा नजाने, भौतिक दुरी कायम गर्ने, बन्द कोठामा भेटघाट / बैठक नगर्ने तथा हातलाई नियमित रुपमा धुने वा स्यानिटाइज गर्ने हो भने यो भाइरस फैलिए पनि सर्दैन |

आफ्नो घरमा उपलब्ध पोषिला खाना खाने, घाममा बस्ने, दिउँसो ब्यायाम गर्ने ( जाडोमा मर्निंग वाक नगर्नु राम्रो ), तनाब नलिने, राति ८-९ घण्टा सुत्ने, मौसमी फलफुल खाने, औषधिसेवीले आफ्नो औषधि नछोड्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो नियमित काम गर्ने हो भने हाम्रो स्वास्थ्य र काम दुवै संगै जानेछ |
जेष्ठ नागरिक तथा दीर्घबिरामीले आफ्नो स्वास्थ्य हेरेर सकभर खोप लगाउनुपूर्व घरमा नै बस्नु राम्रो |

गलत सुचना नै तनाबको स्रोत हो | तसर्थ आधिकारिक समाचार मात्र हेर्ने / पढ्ने, स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने तथा नकारात्मक समाचार नहेर्ने गर्नु नै तनाब कम गर्ने मुख्य उपाय हुन् |’

जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र पाण्डेको फेसबुकबाट ।

प्रतिक्रिया दिनुहोस्