Logo

संसद विघटनविरुद्ध राष्ट्रिय जनमोर्चाद्वारा गुल्मीमा विरोध प्रर्दशन



Spread the love

२० पुस, गुल्मी । राष्ट्रिय जनमोर्चाले संसद विघटनविरुद्ध गुल्मीमा विरोध प्रर्दशन गरेको छ ।
ससंद विघटनविरुद्ध र्याली र सांस्कृतिक कार्यक्रमसहित चर्को नाराबाजी गर्दै जनमोर्चले विरोध प्रर्दशन गरेको हो । विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्नुपर्ने तथा गणतन्त्र राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने माग जनमोर्चाको रहेको छ ।

र्यालीपछि कोण सभामा परिणत भएको सभालाई प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शोम कुमार पन्थीले सम्बोधन गरेका थिए । सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको संसद विघटन कदम र नेपाली काँग्रेसको चर्को आलोचना गरेका थिए ।

जनताले ठुला दललाई विश्वास गरेर पटक पटक मत दिए पनि ति दलहरु सँधै आफ्नो स्वार्थमा लागेको जनमोर्चाले आरोप लगाएको छ । काम नगर्ने कांग्रेसएमालेलाई मत दिएर जनताले भूल गरिरहेको जनमोर्चाको दावी थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्