Logo

गुल्मीका एक दम्पतीको बेलायतमा पाँच दिनको अन्तरालमा मृत्यु



Spread the love

२५ पुस, काठमाडाैँ । बेलायतमा एक एक नेपाली दम्पत्तिको मृत्यु भएको छ । पाँच दिनको अन्तरालमा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुल्मीको गुल्मी चन्द्रकोट ४ शान्तिपुर स्थायी ठेगाना भएका ४९ वर्षीय विजयकुमार पुन र उनकी धर्मपत्नी ५१ वर्षीया रत्नाकुमारी गुरुङ रहेका छन् ।

जनवरी ३ मा अस्पतालमा उपचाररत रत्नाकुमारीको मृत्यु भएको थियो भने बिहीबार उनका पति विजयकुमारको पनि मृत्यु भयो ।

उनीहरुका २ छोरी र एक छोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्