Logo

प्रियंका चोपडा कपाल रंगाइरहेको सैलुनमा प्रहरी पुगेपछि



Spread the love

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला आफ्ना श्रीमान निक जोनससँग लन्डनमा छिन्।

कोरोना भाइरस संक्रमणको जोखिम बढेका कारण लन्डनमा फेरि लकडाउन जारी गरिएको छ। लकडाउनकै बीच प्रियंका भने आफ्नो कपाल मिलाउन र रंगाउन नटिङ हिलस्थित जोस उड सलुन पुगेकी छिन्।

आफ्नी आमा मधु र कुकुर डायनासँग सैलुन पुगेकी थिइन्। ३८ वर्षीया प्रियंकाको कपाल उनको स्टाइलिस जोस उडले कपाल मिलाएका थिए।

प्रियंका सलुन पुगेको केही समयमै प्रहरीहरू त्यहाँ पुगे। उनीहरूले सलुनमा उपस्थित ग्राहकहरूलाई त्यहाँबाट जान भने। तर सलुन र प्रियंकालाई कुनै कारबाही नगरी प्रहरीहरू फर्किए।

उक्त घटनाबारे प्रियंकाका प्रवक्ताले भने सरकारले तोकेको सबै मापदण्ड अपनाएरै त्यहाँ पुगेपछि प्रहरीले केही नगरेको बताए। उनी त्यहाँ नयाँ चलचित्रको तयारीका लागि कपाल मिलाउन पुगेकी थिइन्।

फिल्म लन्डनका अनुसार, अहिले सरकारले तोकेको मापदण्ड अपनाउँदै बेलायती राजधानी र केही स्थानमा फिल्म छायांकन गर्ने अनुमति दिइएको छ। फिल्म प्रोडक्सनसँग अनुमति पत्र भएका कारण प्रहरीहरू सलुनबाट चुपचाप सन्तुष्ट भएर निस्केको मेल अनलाइनले लेखेको छ।

प्रतिक्रिया दिनुहोस्