Logo

राजेश हमाललाई आफ्नै नाम मन पर्यो भन्दै नाच्दै



Spread the love

काठमाडौं । चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र गायिका लक्ष्मी आचार्यको स्वरमा सजिएकोलोक गीत ‘आफ्नै नाम मन पर्यो’ सार्वजनिक भएको छ ।

प्रह्लाद सुवेदीको शब्द रहेको वसन्त थापाले संगीत दिएका छन् । गीतको भिडियो पनि फिल्म शैलीमै तामझामका साथ तयार गरिएको छ ।

महानायक राजेश हमाल आज भोलि म्युजिक भिडियोमा निकै व्यस्त रहेका छन् । हमाल एकपछि अर्को म्युजिक भिडियो अभिनय गरेका छन् भने फेरी अर्को नयाँ भिडियोमा अभिनेत्री नीता ढुंगाना र गायक कुलेन्द्र, गायिका लक्ष्मीको समेत अभिनय देख्न सकिन्छ ।

केहीदिन पहिलागायक चक्र बमसँग सुदूरपश्चिमेली शैलीमा ‘भन् साली तेरी दिदी कहाँ छ’ बोलको गीत आएको थियो । जुन गीत अहिले निकै चर्चामा पुग्न सफल भएको छ । अहिले सार्वजनिक भएको ‘आफ्नै नाम मन पर्यो’ गीतले पनि चर्चा पाउने उनले आस लिएकी गायिका लक्ष्मी आचार्यले बताएकी छन् ।

सौरभ लामाद्वारा छायाँकन गरेको भिडियोलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका हुन् । शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/DbHbBKRfxdg

प्रतिक्रिया दिनुहोस्