Logo

‘लप्पन छप्पन २’ यहि शिवरात्रीमा रिलिज, ४ भाषामा प्रदर्शन गरिने



Spread the love

काठमाडौं । मुकुन्द भट्टको निर्माण तथा निर्देशनमा रहेको चलचित्र ‘लप्पन छप्पन २’ यहि फागुन २७ शिवरात्रीको अवसर पारेर रिलिज हुने भएको छ ।

उक्त चलचित्र तामिल, हिन्दी, भोजपुरी र नेपालीगरी ४ भाषामा प्रदर्शन गर्न लागिएको प्रस्तुतकता खिलेन्द्रराज तिमिल्सिनाले बताए ।

चलचित्रको मुख्य भूमिकामा नायक शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नवीन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय रहेको छ ।

एक्सन ड्रामामा निर्माण गरिएको चलचित्रलाई गोल्ड हिल्स पिक्चर्स र इपी एजुकेसन अस्ट्रेलिया,यु एम आइ र म्याक मिडियाको सहकार्यमा निर्माण गरिएको छ l

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको सिनेमामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रूपमा छन् । सुनिल नेहुरे र मुकुन्द भट्टले चलचित्रको कथा तयार पारेका हुन l

प्रतिक्रिया दिनुहोस्