Logo

पृथ्वी जयन्तीको अवसरमा ३० भन्दा बढी कलाकारको अभिनय रहेको ‘त्यही सच्चा नेपाली’ सार्वजनिक



Spread the love

काठमाडौं । देशका चर्चित ३० कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक भएको छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । 

आनन्द अधिकारीको शब्द रहेको गीतमा राजन ईशानले संगीत भरेका छन् भने उक्त गीतमा गायिका देविका बन्दना तथा गायक राजन ईशानको स्वरम रहेको छ । 

म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा ३० भन्दा बढी र अग्रजरलोकप्रियरचर्चित अनुहारहरुको अभिनय रहेको छ । 

भिडियोमा सस्कृतविद्ध सत्यमोहन जोशी, कलाकारहरु नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दीलिप रायमाझी, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपाशाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल, गायिका देविका बन्दना लगायतका कलाकारको अभिनय छ ।

‘कलाकार जुटाएर कामगर्न एकदमै गाह्रो थियो । तर, आजजताततै मन फुटेको अवस्थामा यस्ता गीतले देश सम्झेर जोडिन प्रेरित गर्छन् भन्ने लागेर दःख उठाए’, निर्देशक केसीले भनिन् ‘गीतले नेता तथा कार्यकर्तालाई पनि झक्झक्याउने विश्वास मेरो रहेको छ ।’

 यो गीतको भिडियोको निर्देशन रोशनी केसीले गरेकी हुन् । रोशनीले ४ दिन लगाएर लोकतन्त्रपार्क, पाटन, पशुपति क्षेत्र लगायतका स्थानमा यो भिडियोको छायांकन गरेकी छिन् ।

रामशरण उप्रेतीले छायांकन गरेको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ । भिडियोमा अर्जुन जीसीको सम्पादन छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/baCywiZj0H0

प्रतिक्रिया दिनुहोस्